श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०८० साल मङ्सिर १० गते आइतबार, २६ नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर । कार्तिक शुक्ल पक्षको चतुर्दशी तिथि १६ः१३ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र भरणी १४ः२२बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः३२ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने उचित समय छ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अप्ठ्यारो काम थाल्नाले दिनभरि दौडधुप गर्नुपर्ला। कामले खर्च बढाउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आंशिक फाइदा भए पनि लाभांश अरूका लागि खर्चनु पर्ला। सरसापटमा रकम बाहिरिन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राको साइत जुर्न सक्छ । टाढाका साथीभाइ नजिकिनेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन् । सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।