श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल मङ्सिर ९ गते शनिबार, २५ नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर । कार्तिक शुक्ल पक्षको त्रयोदशी तिथि १७ः४३ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र अश्विनी १५ः१४ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः३१ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ।   

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ।आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। 

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। टाढाको यात्रा हुने सम्भावना देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । फलदायी यात्रा हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पुरानो समस्या सुल्झनाले विविन्न अवसर प्राप्त हुनेछन्। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ।