श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल मङ्सिर ८ गते शुक्रबार, २४ नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर । कार्तिक शुक्ल पक्षको द्वादशी तिथि १९ः२९ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र  रेवती १६ः२१ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः३१ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिएला।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ। दिन सामान्य रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गर्दा महŒवपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अस्वस्थताका बावजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।