श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल मङ्सिर ७ गते बिहीबार, २३ नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर । कार्तिक शुक्ल पक्षको एकादशी तिथि २१ः२५ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र उत्तरभाद्र १७ः३६ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः३० बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर, खर्च बढ्नाले अर्थ सङ्ग्रहमा बाधा पुग्नेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ । स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिजन्य समस्याले अलि दुःख पाइनेछ।कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कर्मयोगले आम्दानी  बढाउनेछ। दिउँसोदेखि विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटले काम बन्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापार बढ्ने र रोकिएको रकम पनि उठ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चिताएको काम बिग्रनाले दोहो¥याएर प्रयत्न गर्नुपर्ला। शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला। आध्यात्मिक चेतनाले धर्म–कर्म र सेवामा प्रवृत्त गराउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले कीर्तिमानी काम बन्नेछ। तर, स्वयम् पछि सर्दा आफ्ना कामबाट अरूले फाइदा उठाउनेछन्।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न केही समय लाग्नेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।  पहिलेका चुनौतीहरू स्वतः हट्नेछन् ।