श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल मङ्सिर ६ गते बुधबार, २२ नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर । कार्तिक शुक्ल पक्षको दशमी तिथि २३ः२६ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वभाद्र १८ः५७ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६ः२९ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आँटले काम बन्नेछ भने श्रमको उचित मूल्याङ्कन हुनाले कामले आशा जगाउनेछ। सामान्य आम्दानी हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्लान्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनु पर्ला।प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम रोकिए पनि लाभांश प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महŒवाकाङ्क्षी काम बन्न सक्छ । समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्म, कर्म तथा परोपकारमा प्रवृत्त भइएला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरूले हिम्मत दिलाउनेछन् र चिताएको काम पनि सम्पादन हुनेछ । व्यवसायमा स्रोत जुटाउने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला । स्वास्थ्य–उपचारमा खर्च बढ्नेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा अलि कष्टपूर्ण हुनेछ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ।