श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल मङ्सिर ४ गते सोमबार, २० नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर । कार्तिक शुक्ल पक्षको अष्टमी तिथि भोलि ०३ः३५ बजेसम्म उप्रान्त नवमी, नक्षत्र धनिष्ठा २१ः४२ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः२७ बजे र सूर्यास्त ०५ः१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पुराना कामको चर्चा हुनेछ र नयाँ अवसर पनि प्राप्त हुनेछ। महत्वपूर्ण भेटघाट हुनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूका लागि रकम र बुद्धि खर्चनु पर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पदीय जिम्मेवारी प्राप्त हुनसक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। पहिलेका समस्या दोहोरिनाले उत्साहमा समेत कमी आउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। महत्वपूर्ण समय घरेलु समस्यामै अल्झनु पर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । धेरै बोल्दा समस्या आउन सक्छ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।