श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कात्तिक २५ गते शनिबार, ११ नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर । कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि १४ः१३ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र चित्रा भोलि ०२ः०० बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः२१ बजे र सूर्यास्त ०५ः१३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)


स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईष्र्या गर्नेहरूले हार खानेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय छ। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उपलब्धिमा अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा ध्यान पु¥याउनु होला । काम मुस्किलले सम्पादन हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य चिन्ताले सताउनेछ। दिन सामान्य बित्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। तापनि चुनौती पन्छाएर अघि बढ्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनमा समय दिन नसकिएला। यात्रा र किनमेलमा बढी खर्च हुने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। व्यवसायबाट धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
टाढिएका आफन्त नजिकिन सक्लान्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला । थालेको काम सम्पादन हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन् । करकापमा परी काम गर्नुपर्ने परिस्थिति आउन सक्छ।