श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कात्तिक २४ गते शुक्रबार, १० नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर । कार्तिक कृष्णपक्षको द्वादशी तिथि १२ः५० बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र हस्ता भोलि ००ः२० बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः२० बजे र सूर्यास्त ०५ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउलान् । बलजफ्ती गर्ने बानीले चुनौती निम्त्याउन सक्छ ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धैर्य एवम् विवेकले काम लिने चेष्टा गर्नुहोला । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछि लाभ हुने काम प्रारम्भ हुनसक्छ । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । धनमालको सुरक्षामा ध्यान दिनुहोला । चिन्ताले सताउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । अध्ययनमा कमजोरी अनुभूति हुनेछ ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिवश आँटेको काममा बाधा हुनसक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला । हल्लाको पछि लाग्दा दुःख पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला । रोकिएका घरेलु कामकाज विस्तारै बन्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हतारको निर्णयले काम बिग्रन सक्छ । दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आमाको माध्यमबाट काम बन्न सक्छ । बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । लगनशीलताले अध्ययनमा पनि प्रगति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । ईष्र्यालु मन भएकाहरूले सताउलान् ।