आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेलमा नेपालले ओमानलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनायो ।
नेपालका लागि गुलशन झाले ५४ रनको अर्धशतकीय पारी खेले । २५ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे ।
नेपालका रोहित पौड्यलले ५२ रनको अर्धशतकीय पारी खेले । ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै कुशल भुर्तेल ३१ रन बनाउँदा करण केसीले मात्र ६ बलमा २० रनको योगदान गरे । बलिङतर्फ ओमानका लागि बिलाल खानले तीन विकेट लिए । त्यस्तै काकिव लियस दुई विकेट लिँदा जेसन मक्सोदले एक विकेट लिए ।
टी–ट्वान्दी विश्वकपमा छनोट भइसकेका दुई टोली आज एसियाकप फाइनल छनोटको उपाधि जित्ने लक्ष्यमा छन् ।