श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कार्तिक १९ गते आइतबार, ५ नोभेम्बर २०२३ ।पिंगल संवत्सर। कार्तिक कृष्ण पक्षको अष्टमी तिथि  भोलि ०३ः३३ बजेसम्म  उप्रान्त नवमी, नक्षत्र पुष्य १०ः४२ बजे सम्म अश्लेषा । चन्द्रराशि–कर्कट। सूर्योदय ०६ः१६ बजे र सूर्यास्त ०५ः१७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अवसर प्राप्त हुनाले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन्।