श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कार्तिक १८ गते शनिबार, ४ नोवेम्बर २०२३, पिंगल संवत्सर, कार्तिक कृष्णपक्षको सप्तमी तिथि भोलि ०१ः१६ बजेसम्म उप्रान्त अष्टमी, नक्षत्र पुनर्वसु ०८ः११ बजेसम्म पुष्य, चन्द्रराशि–कर्कट, सुर्योदय ०६ः१६ बजे र सुर्यास्त ०५ः१८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन् । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आलोचकहरूले दुःख दिनेछन्। व्यवहारले सबैलाई समेट्ने प्रयास गर्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम रोकिने सम्भावना देखिएकाले योजना गोप्य राखेर अघि बढ्नुहोला। सद्व्यवहारले समस्या टर्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले आँटेको काम बन्नेछ। अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । काममा केही रकम खर्च भए पनि पहिलेको साख जोगाउन सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ । प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । नाम, दाम र इनाम हातपार्न भने सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस्नपुग्नाले केही चुनौती झेल्नुपर्ला । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ ।