श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कार्तिक १६ गते विहिबार, २ नोवेम्बर २०२३, पिंगल संवत्सर, कार्तिक कृष्णपक्षको पञ्चमी तिथि २२ः१० बजेसम्म उप्रान्त षष्ठी, नक्षत्र आर्दा भोलि ०६ः१२ बजेसम्म पुनर्वसु, चन्द्रराशि–मिथुन, सुर्योदय ०६ः१४ बजे र सुर्यास्त ०५ः१९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सम्पादित कामबाट धन लाभ हुनेछ । स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा प्रगति हुनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेका कमजोरी सुधार्न सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटकाबीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्ला । बेलैमा होस् नपुग्नाले फाइदा गुम्ने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
टाढिएका साथीभाइ नजिकिने छन् । रकम हातलागी भए पनि काममा ढिलाइ हुँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
योजना कार्यान्वयनमा ल्याउन केही समय पर्खनुपर्ने हुन्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् ।