वीरगञ्ज । अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रूपेश सर्राफको सोमबार दिउँसो हत्या गरेको छ ।

मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए । टाउको र छातीमा गोली लागेर घाइते भएका सर्राफको वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । प्रिन्सिपल सर्राफको शव हाल अस्पतालमै राखिएको छ ।

विद्यालयबाट कलैया बजारतर्फ आउँदै गर्दा सोमबार दिउँसो १ बजेतिर कलैया उपमहानगरपालिकाको मदर्सा टोल नजिकै प्रिन्सिपल सर्राफमाथि दुई राउन्ड गोली प्रहार भएको प्रहरीको भनाइ छ । प्रिन्सिपल सर्राफमाथि गोली प्रहार गर्नेहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको एसपी काफ्लेको जानकारी दिए ।