धरान । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।

पार्टीका संरक्षक पूर्व सङ्घीय सांसद रेशमलाल चौधरीले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रमको उद्घाटनमा पार्टीका सङ्घीय अध्यक्ष ज्ञानबहादुर गुरुङ, पार्टी उपाध्यक्ष ए.बि. पङ्धाक, उपाध्यक्ष अशोक चेम्जोङ, महासचिव दिलकुमार लावतीलगायत केन्द्रीय सदस्यहरू उपस्थित रहेका थिए । प्रशिक्षण कार्यक्रममा प्रदेश १ को १४ जिल्लाका करिब दुई सय कार्यकर्ताहरू सहभागी रहेका थिए ।

प्रशिक्षण कार्यक्रममा पार्टीको सिद्धान्त, सङ्गठन विस्तारसम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा प्रदेश समितिका अध्यक्षलगायत प्रान्तीय समितिका अध्यक्ष, लिम्बुवान प्रान्तीय समिति अध्यक्ष भूपेन्द्र मावो साथै प्रान्तीय समिति सदस्यहरूको उपस्थिति रहेको पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् सुनसरी इन्चार्ज अमर इजमले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा प्रदेश अध्यक्ष जीवन राजधामीको अध्यक्षतामा सम्पन्न भएको थियो ।