डम्बर बुढाथोकी

हमास र इजरायल बीच घमासन युद्ध जारी छ । दुवै पक्षको ठूलो जनधनको क्षति भइरहेको छ । हमास भुमिगत सुरुङबाट इजरायली सेनामाथि मिसाइल प्रहार गरिरहेको  छ । यो युद्धलाई अन्त्य गर्न संयुक्त राष्ट्र संघको स्थायी समितिमा रुसले युद्ध बिराम प्रस्ताव पेश गरेको थियो । तर मतदानमा यसले ५ मत प्राप्त गर्‍यो ४ मत विपक्षमा खस्यो प्रस्ताव असफल हुनुको मुख्य कारण रुसले हमासको निन्दा नगरी प्रस्ताव पेश गर्दा एकमत हुन सकेन । अमेरिकी राष्ट्रपति जो बाईडेनले हमासलाई समाप्त पार्न आधुनिक हातहतियार सहितको युद्धपोत भूमध्य सागरमा प्रवेश गराएर इजरायललाई पहिलो खेप हतियार पनि उपलब्ध गराइसकेको छ । 

हमासलाई समाप्त पार्ने बहानामा गाजापट्टी भित्र बसोबास गरिरहेका २० लाख आम जनसमुदायलाई इजरायलले २४ घण्टा भित्र गाँजापट्टि खाली गर्न अल्टिमेटम दियो । राष्ट्रसंघ र छिमेकी मुलुकहरुले गाजापट्टीबाट अन्यत्र जान सो समय थोरै भयो समय भएन इजरायललाई छिमेकी देशहरुले अनुरोध गर्दा पनि इजरायल मानवीय संवेदना प्रति संवेदनशिल छैन । हमासले किन पिएलओसँग छुट्टिएर स्वतन्त्र प्यालेस्टाईनको मागलाई अगाडि बढायो ? मुल कारण इजरायलकी को अधिन र हैकममा हमास समुहले सहमत भएन । १९९३ मा पिएलओका नेता यासेर आराफत र इजरायल बीच ओस्लोमा सन्धी  भयो । त्यो सन्धीलाई इजरायलका दक्षिण पन्थी राजनैतिक दलले कार्यान्वयन हुन दिएन । सन्धी गर्ने इजरायली प्रधानमन्त्री यित्ज्याक रविनको हत्या गरियो । यासेर आराफत बिमारी भएर उपचार गर्न पेरिस पुग्नुभयो । तर वहाँलाई विषालु इन्जेक्सन दिएर हत्या गरियो । किनभने रविन र आराफात जिवित हुँदा सन्धी कार्यान्वयन हुने र प्यालेस्टाइनीहरुको अधिकार सुरक्षित हुने थियो । अमेरिका र पश्चिमी देशहरुको षडयन्त्रमा दुवै नेता मारिए । १९६७ मा इजरायल र प्लोस्टाईनी समूह बीच युद्ध भयो युद्धमा इजिप्ट सिरिया जोर्डेन मिलेर इजरायली सेनासँग युद्ध गरे तर इजरायल शक्तिशाली भएकोले अरब मुलुकका ती देशहरु पराजित भए । त्यहीसयममा इजिप्टको गाजापट्टी र सिरियाको गोलानहाईट इजरायली सेनाले कब्जा गर्‍यो । 

इजिप्टलाई पूर्व सोवियत संघले २० हजार सैनिक सल्लाहकार र प्राविधिक साथै आर्थिक सहयोग निरन्तर उपलब्ध गराउँदै थियो । तर इजिप्सियन सेनाको असक्षमताले गर्दा रुसले दिएको सहयोग बेकार भयो । अमेरिकी दाउपेचमा मुस्लिम देशहरुलाई इजरायलसँग कुटनैतिक तथा राजनैतिक सम्बन्ध बनाउन १९७९ मा कैम्प डेभिड सम्झौता भयो । त्यो सम्झौता पछि पहिलो देश इजिप्टले इजरायललाई मान्यता दियो । विस्तारै कतार इजिप्ट युएई देशहरु इजरायसँग कुटनैतिक राजनैतिक सम्बन्ध बढाउन थाले । त्यो सन्धी पछि रुसी सैनिक प्राविधिक सल्लाहकारलाई नराख्ने घोषणा गर्‍यो । तिनै निष्कासित रुसी सैनिक सल्लाहकारहरुलाई  सिरिया र इराकले सहयोग स्वरुप प्राप्त गरेर सिरिया इरान इराकले आफ्नो सैनिक क्षमता मजबुत बनाए । पूर्बी जेरुशेलमलाई इजरायलले जवरजस्ती कब्जा गरेर राजधानी घोषणा गर्‍यो । गाजापट्टीमा अन्तर्राष्ट्रिय कानून विपरित यहुदीहरुको बस्ती बसाउन थालियो । प्यालेस्टाइनीहरुको घर डोजर लगाएर भत्काउन  थालियो । अल अक्सा मस्जिदमा प्रार्थना सभासम्म प्यालेस्टाइनी जनताले गर्न पाउँदैनथे । इजरायली सेनाले हस्तक्षेप गरिरहन्थ्यो । हमाससँग इजरायलको धेरै पटक युद्ध भइसकेको छ । सधैं प्यालेस्टाइनी जनता र हमासको बढी क्षति हुन्थ्यो तर यस पटक हमास शक्तिशाली भएको प्रमाणित भयो । यो युद्धमा तिनसयभन्दा बढी सेना र इजरायली जनता मारिए । हमास र प्लोस्टाइनको पनि ५०० भन्दा बढी सेना र जनता मारिए । अमेरिकी राष्ट्रपति वाईडेन इजरायल भ्रमणमा छन् शान्ति वार्ताका लागि जोर्डेन पिएलओसँग वार्ता गर्ने बेलामा इजरायली सेनाले गाजापट्टी अल अवहली अस्पतालमा हवाई हमला गरेर लुकेर बसेका निर्दोेष प्यालेस्टाइनी जनतमाथि बम प्हार गर्यो । ५०० जनाले ज्यान गुमाए । यो धेरै ठूलो जघन्य युद्ध अपराध हो तर वाईडेन इजरायललाई क्लीन चिट दिने र चोख्याउने र हमला हमासले गरेको पनि प्रचार गरिरहेका छन् । गाँजापट्टी अस्पतालमा भएको इजरायली हमला र नर संहारले गर्दा जोर्डन र पिएलओले वाईडेनसँग वार्ता स्थगित गरे । 

आज अमेरिका र नाटो सम्बद्ध देशहरु निर्लज्ज ढंगबाट इजरायलको पक्षमा छन् । सैनिक आर्थिक मद्दत पनि निरन्तर इजरायललाई दिई रहेका छन् । विश्वभरिका प्रगतिशील तथा प्रजातान्त्रिक शान्तिकामी जनता इजरायलको पक्षमा छैनन् । रुस चिन युद्धविरामको पक्षमा छन् । वाईडेन र नाटो सैन्य शक्तिको भरमा, कमजोर तथा साना देशहरुमाथि सैनिक हस्तक्षेप गराउने अन्तर्राष्ट्रिय सन्धीहरुको पालना नगर्ने युद्ध पिपासु नीतिलाई अवलम्बन गर्ने अठोट लिएर अगाड बढिरहेका छन् । यस्तो संकटकालिन अवस्थामा नेपालले यथार्थलाई नबुझी हमास इजरायल युद्धमा इजरायललाई समर्थन गर्नु भनेको साम्राज्यवाद र युद्ध अपराधीलाई समर्थन गर्नु हो । हाम्रो असंलग्न पराष्ट्रनीति अनुसार अस्पताल माथि भएको नरसंहारको घोर भत्र्सना र युद्धविरामको प्रस्तावलाई राष्ट्र संघमा पेश गर्नु जरुरी छ ।, साथै स्वतन्त्र प्यालेस्टाइनी राज्यको समर्थन गर्नुपर्दछ । युद्धको बहानामा बालक, महिला र निर्दोष नागरिकहरुको हत्या कुनै पक्षबाट पनि गर्नु हुँदैन ।

(लेखक ने.क.पा. (संयुक्त)का स्थायी समिति सदस्य हुन्)