श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल कात्तिक १ गते बुधबार, १८ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर। आश्विन शुक्लपक्षको चतुर्थी तिथि भोलि ०१ः२५ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र अनुराधा २१ः११ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः०५ बजे र सूर्यास्त ०५ः३२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यापार–व्यवसायबाट मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वादविवादबाट बच्ने उपाय अवलम्बन गर्नुहोला। अपराह्नतिर स्वास्थ्य कमजोर हुने र काम रोकिने सम्भावना देखिन्छ।   
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रुचिका विषयमा लगानी बढाउन सकिनेछ । पछिका लागि विशेष काममा जग बसाउने मौका छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दोहो¥याएर प्रयत्न गर्दा आंशिक लाभ हुनसक्छ।वादविवादमा अलमलिनु पर्दा काममा बाधा पुग्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।     
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो यात्राको साइत पनि जुर्न सक्छ। मिहिनेतले उपलब्धि दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ। समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ। रचनात्मक कार्यले फाइदा दिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूको आक्षेप सहनुपर्ने हुनसक्छ।