श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज ३० गते मङ्गलबार, १७ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर । आश्विन शुक्लपक्षको तृतीया तिथि भोलि ०१ः३८ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र विशाखा २०ः४१ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः०४ बजे र सूर्यास्त ०५ः३३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधन सङ्ग्रह हुनेछ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रुचिका विषयमा लगानी बढाउन सकिनेछ । पछिका लागि विशेष काममा जग बसाउने मौका छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। तर, आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला । पछिका लागि गरिएको मिहिनेत र लगानीले अवश्यै फाइदा दिनेछ।     
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दुविधा उत्पन्न हुने हुँदा विशेष सजगता अपनाउनुहोला । बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नियमित काम सम्पादन हुनेछ । नयाँ काममा पनि आफन्तजनले साथ दिनेछन् ।