श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज २९ गते सोमबार, १६ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर । आश्विन शुक्लपक्षको द्वितीया तिथि भोलि ०१ः२६ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र स्वाती १९ः४५ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः०४ बजे र सूर्यास्त ०५ः३४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सोखले खर्च भने बढाउन सक्छ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
औपचारिकता र उपहारमा पनि अधिक खर्च हुनेछ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विवादास्पद काममा अलमल हुँदा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बलजफ्तीले समस्या निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्लान्।     
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ईष्र्या गर्नेहरूले सताए पनि केही सहयोगी जुट्नेछन् । माया मारेको धन फिर्ता पाइने सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् । दिन सामान्य रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम रोकिनाले लक्ष्य प्राप्ति नहुन सक्छ । परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसर प्राप्त भए पनि आंशिक उपलब्धि मात्र पाइनेछ। नतिजा कमजोर आउनाले काम दोहोर्याउनु पर्ला।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सङ्घर्षले कर्मयोग अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। फलदायी यात्रा होला ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
महŒवाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्।