श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०८० साल असोज २८ गते आइतबार, १५ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर। आश्विन शुक्लपक्षको प्रतिपदा  तिथि भोलि ००ः४६ बजेसम्म,  उप्रान्त द्वितीया, नक्षत्र चित्रा  १८ः२४ बजेसम्म, उप्रान्त स्वाति, चन्द्रमा राशि तुला, सूर्योदय ०६ः०३ बजे र सूर्यास्त ०५ः३५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा केही विलम्ब हुनसक्छ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइ, लेखाइमा समय दिन नसकिए पनि गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।     
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ। असमझदारी बढ्नाले सम्झौता भङ्ग हुनसक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै वचनले समस्या निम्त्याउन सक्छ। महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नु होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहारसमेत हातलागी हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ।