श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०८० साल असोज २७ गते शनिबार, १४ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर। आश्विन कृष्णपक्षको औंसी तिथि २३ः३९ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र हस्ता १६ः३६ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः०२ बजे र सूर्यास्त ०५ः३६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यापारलगायत दिगो पेसा शुभारम्भ गर्ने समय छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । शत्रुहरू स्वतः किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।समयलाई पछ्याउन नसक्दा दुःख पाइएला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य समस्याले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिले मन खिन्न रहनेछ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ने देखिन्छ।      

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पु¥याउनु होला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ । पहिलेको सम्झौता भङ्ग हुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। काम दोहो¥याउनु पर्ला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हतारमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहेको छ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।