श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज २५ गते बिहीबार, १२ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर, आश्विन कृष्णपक्षको त्रयोदशी तिथि २०ः०९ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पूर्वफाल्गुनी ११ः४८ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः०१ बजे र सूर्यास्त ०५ः३८ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थितिअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। परिस्थितिवश पढाइलेखाइमा समय दिन नसकिएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही कामको अवसर प्राप्त भए पनि आँटेको काममा बाधा हुन सक्छ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हतारमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्।     
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयत्न गर्दा अवसर जुट्नेछ र मिहिनेतको फल प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। तर, अरूको भर पर्दा काम बिग्रन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । पहिलेका अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। टिप्पणी हुने समय भएकाले बोलीमा सजग रहनुपर्ला।