श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज २४ गते बुधबार, ११ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर । आश्विन कृष्णपक्षको द्वादशी तिथि १७ः५२ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र मघा ०८ः५६ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः०१ बजे र सूर्यास्त ०५ः३९ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरका साथै चुनौतीसमेत देखापर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिष्ठित काम गर्ने मौका आउला। प्रतीक्षित नतिजा सबल नै रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ।    
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तमा मतभेद देखिए पनि परिवारजनको सहयोगले काम बन्नेछ।थालेको काम दोहो¥याउनु पर्ने हुनसक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले आंशिक सफलता भने दिलाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विवादमा परिने सम्भावना छ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ।