धरान । इलेक्ट्रोनिक्स ब्रान्ड ‘बेको’ ले नेपालीको चाडपर्वलक्षित योजना सार्वजनिक गरेको छ । भदौ २७ गतेदेखि सीमित अवधिका लागि योजना सार्वजनिक गरेको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी ग्रुपले जनाएको छ ।

‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना सार्वजनिक गरेको हो । बेको कम्पनीको वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजीको एरिअल वासिङ पाउडर दिइने भएको छ । त्यस्तै डिसवासरको खरिदमा दुई प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार पाइने कम्पनीले जनाएको छ ।

सिङ्गल डोर रेफ्रिजेरेटरमा चोप्पर, डबल डोर रेफ्रिजेरेटरको खरिदमा इलेक्ट्रिक किटली र मल्टी डोर रेफ्रिजेरेटमा इलेक्ट्रिक प्रेसर कुकर उपहार पाइनेछ । कुकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन)को खरिदमा प्रेसर कुकर र एअर कन्डिसनरको खरिदमा निःशुल्क जडान गरिदिने व्यवस्था छ ।

त्यस्तै शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा रहेको जनाएको छ । ‘बेको’ ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।