धरान  :

धरान-१ स्थित स्पार्क फाईभ अस्पताल प्रालिको सञ्चालक समिति पुनर्गठन भएको छ ।

प्रालिको शनिबार सम्पन्न नवौं साधारणसभाले अध्यक्षमा पुनः देवरत्न शाक्यलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मीनकुमार सुब्बा, मञ्जु भण्डारी सुवेदी, सुर्यबहादुर भट्टराई, शशी साह,  गोकुल राई, दिपेन्द्र थपलिया, सुजन श्रेष्ठ र मीला बस्नेत चयन भएका छन् । 

अस्पतालले साधारणसभाका अवसरमा शनिबार  निशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेको छ ।

शिविरमा १ सय १ जनाको स्वास्थ्य परिक्षण तथा उपचार भएको अस्पतालकी व्यवस्थापक मीला बस्नेतले जानकारी दिईन ्। शिविरमा डा.अनिलकुमार महतो र डा.तारा भुजेलले विरामीको परिक्षण गरेका थिए । काठमाडौंको स्पार्क हेल्थ होम अस्पतालको पाँचौं शाखाका रुपमा धरानमा स्पार्क फाईभ अस्पताल सञ्चालनमा छ ।