नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा दिनबाहेक संसद्को रोष्ट्रममा जानु  आठाैँ आश्चर्य रहेको बताएका छन् , आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै  उनले यस्तो बताएका हुन् । 

उनले  विमान स्थलबाट जे ल्याए पनि सुन हुने  गरेको भन्दै । तस्करीको कनेक्सन र जरो पत्ता लगाउन जोड दिएका छन् । उनले सरकारले  सुन प्रकरणमा  मुख्य अभियुक्त सम्म नपुगी तल्लो तहमै सीमित गर्न खोजेका भन्दै  टुप्पोमा मात्रै नभई जरासम्म पुग्नु पर्ने बताए । 

उनले सुन तस्करी गिरोहमा संलग्नहरूसँग माओवादी नेता कृष्ण महरा र उनका छोरा को फोन संवादलाई लिएर सोधपुछ समेत नहुनु न्यायसङ्गत नभएको बताएका छन् । 

उनले सुन प्रकरणका विषयमा संसदमा कुरा उठाउँदा सत्तापक्षले नै संसद् अवरोध गरेर आफूहरूलाई बोल्न नदिएको समेत बताएका छन्।