हङकङ : नेपालको पर्यटन तथा सांस्कृतिक विविधताको प्रवद्र्धन गर्न हङकङमा ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ आयोजना गरिएको छ ।

आईतबार भएको फेस्टिभलमा ‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा विजेता दस भिडियो प्रदर्शन गरिए ।

आयोजक वि विल राइज फाउन्डेसनका अध्यक्ष तुलसी कुमार गुरुङले पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्न फेस्टिभल आयोजना गरिएको बताए । 

कार्यक्रममा बोल्दै हङकङस्थित नेपाली महावाणिज्यदूत उदयबहादुर रानाले प्रवासमा बस्नेहरुलाई वृत्तचित्र मार्फत कहिल्यै नपुगेका ठाउँको सौन्दर्य देखाएकोमा आयोजकलाई धन्यवाद दिए ।

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि  जितेको टिम डुलुवाको ‘दि नर्थन वाल’,  ‘जजेज च्वोइस अवार्ड  जितेको  आर्यन कुँवरको ‘मयूरी चाल’ , टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’- ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’, ‘फ्युचर स्टार अफ दि इयर’-आदर्श पाण्डे, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’-सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’-आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट-भ्वाईस ओभर’-रुमन थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’-सुरेश कुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दि इयर’-गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’-सन्तोष मालेकका दश विधाका भिडियो प्रदर्शन गरिएको थियो ।

356682332_1288703185114607_404011060013912474_n

फोटो : जगत अम्बु गुरुङ