देउराली ।  वराहक्षेत्र नगरपालिका ९ राजाबासमा  युवतीहरूको दुई समूह बिच भएको कुटपिटमा संलग्न  थप दुई जनालाई प्रहरीले पक्राउ परेका छ ।

पक्राउ पर्नेमा  वराहक्षेत्र वडा नम्बर ८ सैनिक टोलकी २२ वर्षीया विनीता उरावँ र १८ वर्षीया दुर्गा राई रहेको इलाका प्रहरी कार्यालय  महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राजेश दत्तले बताए । 

प्रहरी निरीक्षक दत्तका अनुसार प्रहरीले  उरावँ र राईलाई इटहरी स्थित बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो । 

आफ्नो ब्याइफ्रेन्डसँग बाेलेकाे भन्दै ३ युवती माथी निर्घात कुटपिट, एक जना पक्राउ (blastkhabar.com)

उनका अनुसार सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले उनीहरूमाथि खोजी कार्य बढाएसँगै वराहक्षेत्रबाट भागेर मोरङको पथरीसनश्चिरे पुगेका उनीहरूले दुई दिन पथरीशनश्चिरेमा बिताएको थिए ।

 पथरी पुगेका जानकारी पाएपछि प्रहरी उनीहरू बसको स्थानमा पुगेकोमा त्यहाँबाट पनि हिडेको भन्ने जानकारी पाएपछि थप प्रहरी परिचालन गरी खोजी कार्य गर्दा इटहरी बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको दत्तले बताए । 

उरावँ समूहका  १९ वर्षीय सन्जिता राई,  निहाङ राईलाई  अझै पक्राउ गरिएको छैन । 

उनीहरूको समूहले आफ्नो ब्याइफ्रेन्डसँग बेलेको भन्दै  वराहक्षेत्र ८ की  १७ वर्षीया सन्ध्या परियार   १६ वर्षीय नबिना विश्वकर्मा र   १९ वर्षीय मनीषा राईलाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

उरावँ को समूहले घरेलु मदिरा सेवन गरी उनीहरूलाई बोलाएर कुटपिट गरेको बताइएको छ । कुटपिटमा संलग्नलाई  पाँचै जना विरुद्ध पीडितहरूले दिएको जाहेरीका आधारमा अभद्र व्यवहार मुद्दा चलाइएको दत्तले बताएका छन् । 

उनका अनुसार कुटाइ खाने तीन जनाको अवस्था सामान्य रहेको छ ।