काठमाण्डाैंबाट खाेटाङ जाँदै गरेकाे  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप  सुनकोशी नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ लौकुनबाट जिप नदीमा खसेकाे थियाे । चार जना सवार जिपका चालक दाङका कृष्ण चौधरी सुनकोशी नदीबाट निस्कन सफल  भएपनि जिपमा सवार अन्य तीन जना तनहुँ भानु नगरपालिका ९ बस्ने वर्ष ५७ का सहसचिव कृष्ण वहादुर केसी, पूर्विनवलपरासी प्रगती नगरपालिका ७ बस्ने सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद घुर्तेल र ईलाम घर भएका विद्युत प्रशिक्षक भानु पौडेल  बेपत्ता रहेका प्रहरीले जनाएको छ । 

बेपत्ता तिनै जनाकाे खाेजी कार्या भइरहेका प्रहरीले जानकारी दिएको छ ।