धरान । धरान–३ स्थित भानुस्मृति माध्यमिक विद्यालयमा स्काउट दलको पहिलो दीक्षान्त सम्पन्न भएको छ ।

दीक्षित भएका १६ जना विद्यार्थीहरूलाई ब्याज तथा स्कार्फ विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष नैनकला न्यौपाने, नेपाल स्काउट कोशी प्रदेश सदस्य हेमन्त भण्डारी, रोभर लिडर बब्लुकुमार साहले वितरण गरे ।

विद्यालयका प्रधानाध्यापक रविन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्काउटर अनुज भट्टराईले दीक्षित गरे । कार्यक्रममा विद्यालयका शिक्षक तथा अभिभावकको पनि उपस्थिति रहेको थियो ।