देउराली । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र  विक्रम बेघाले १७ नम्बर वडा कार्यालयमा भएको घटनाको निन्दा गरेका छन् । उनले मंगलबार एक प्रेस वक्तव्य जारी गरी उक्त घटना खेदजनक र दुःखद भएको बताएका छन् । 

उनले त्यस्ता घटनाले कसैलाई हित नगर्ने भन्दै घटनामा संलग्नलाई कानुनी कारबाही गरी निरुत्साहित गर्नु पर्ने बताएका छन् ।

नगरप्रमुख हर्कराजले मुद्दा फिर्ता लिन दबाब दिए – २८ जनप्रतिनिधि

धरान १७ काे वडा कार्यालयमा अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका तीन जना माथि म्याद थप

धरान १७ को घटना: नगरप्रमुख समर्थक र वडाध्यक्ष समर्थत अमने सामने (भिडियाेसहित)

धरान १७ को वडा कार्यालयमा अभद्र व्यावहार देखाउने ३ जना पक्राउ

साथै उनले  धरानको विकास र समृद्धिका लागि सबै जनाको एकता र सहकार्य जरुरी भएकाले  असहज परिस्थितिलार्ई व्यवस्थापन गरी निकास दिन नगर प्रमुख हर्क राज राईलाई अनुरोध समेत गरेका छन् । 


उनले नगर प्रमुख  र वडा अध्यक्ष बिचको  विवादबाट उत्पन्न असमझदारीका कारण धरान अनिर्णयको बन्दी हुँदै गइरहेको  र विभिन्न बहानामा एक पछि अर्को समस्या र द्वन्द्व बढ्दै गइरहेको अवस्था  नगर प्रमुखले अभिभावकत्वको भूमिका निर्वाह गरी वार्ता, संवाद, सहकार्यबाट समस्याको समाधान गर्दै अगाडि बढ्नु पर्ने  बताएका छन् । 

बेघाले  समस्या समाधानका लागि आफूले खेल्नुपर्ने भूमिका  निर्वाह गर्न तत्पर रहेको  बताएका छन् ।