देउराली ।  सङ्खुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना भएको छ ।  नुमबाट अरुण तेस्रोका लागि सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।


कार्यालयका अनुसार भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।  प्रहरीका अनुसार दुर्घटना स्थल तर्फ प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको भए पनि नेटवर्कको समस्याका कारण पूर्ण जानकारी भने आउन सकेको छैन ।