श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख २२ गते शुक्रबार, ५ मे २०२३, पिङ्गलनाम संवत्सर । वैशाख शुक्लपक्षको पूर्णिमा तिथि २३ः२१ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र स्वाती २१ः५४ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः२१ बजे र सूर्यास्त ०६ः३९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थिति अनुकूल रहे पनि कामले वादविवाद निम्त्याउनेछ। भौतिक सुविधामा खर्च बढ्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान दिनु होला।स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारलगायत आर्थिक लाभ हुने योजना कार्यान्वयन हुनेछन् । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। गरेको कार्यबाट उपलब्धि दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
टाढिएका आफन्तसँग मेलमिलाप वा भेट हुनेछ। अहिलेको फाइदाले पछिलाई घाटा हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यावहारिक समस्या सुल्झाउँदै सामाजिक कार्यमा अग्रसर भइनेछ। सहयोगीहरू फेला पार्न सकिनेछ।