देउराली ।   सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने नाराका साथ इटहरीमा राष्ट्रिय सूचना दिवस २०८० मनाइएको छ । 

 फेडरेसन आफ कम्प्युटर महासंघ, सुनसरी मंगलबार प्रभात फेरी कार्यक्रमको आयोजना गर्दै छैटौँ  राष्ट्रिय सूचना दिवस मनाएको हो । 

प्रभात फेरी कार्यक्रममा  इटहरी उद्योग वाणिज्य संघ, सगरमाथा, बेबीलान कलेज, सीपीएन इटहरी, लायन्स क्लब अफ इटहरी, एरल कम्प्युटरलगायतको सहभागी रहेको थियो ।  इटहरी उपमहानगरको गेट बाट सुरु भएको प्रभात फेरी कार्यक्रम इटहरीको बजार क्षेत्रको परिक्रमा गरी पुनः सोही स्थानमा आएर कोणसभा गरी समापन गरिएको थियो । कोणसभामा महासंघका  केन्द्रीय सचिव ठाकुर कुमार श्रेष्ठ, इटहरी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष विष्णु डाँगी लगायतका वक्ताले बोलेका थिए ।

कार्यक्रम महासंघ सुनसरीकी सचिव सम्झना धमलाले सञ्चालन गरेको सुनसरीका अध्यक्ष सन्देश राईले बताए ।