• जगत अम्बु गुरुङ/हङकङ

ब्रिटिस गोर्खा भूपु सैनिक संघ हङकङले हालै दिवंगत भिक्टोरिया क्रस विजेता रामबहादुर लिम्बुको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । 

आईतबार आयोजीत श्रद्धाञ्जली सभामा भूतपूर्व गोर्खा सैनिकहरुले स्वर्गीय लिम्बुको तस्विरमा पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । भिसी लिम्बुको  वैशाख ९ गते ८८ बर्षको उमेरमा निधन भएको थियो । लामो समयदेखि मृगौला र मुटु सम्बन्धी रोगको उपचार गराईरहेका लिम्बुको ललीतपुरस्थित मेडिसिटि हस्पिटलमा निधन भएको थियो ।

प्रथम र दोस्रो विश्वयुद्धमा बेलायतका तर्फबाट लडेकाहरुलाई बेलायतले भिक्टोरिया क्रम पदकले सम्मान गरेको थियो ।

‘भिक्टोरिया क्रस’ प्राप्त गर्ने नेपालीको संख्या जम्मा १३ जना रहेका थिए ।  भिसी पाउने एक्ला जीवित व्यक्ति लिम्बु मात्र थिए । उनको निधन पछि अब भिसी विजेता नेपाली कोहि पनि जीवित छैनन् ।

लिम्बु वि.सं.१९९२ साउन २१ मा पाँचथरमा जन्मिएका थिए । इष्ट इन्डिया कम्पनि मार्फत् वि.सं.२०१४ कार्तिक १४ मा ब्रिटिश सेनामा भर्ना भएका उनले सन् १९६६ जुलाई १२ मा बर्किङ्घ प्यालेस लन्डनमा बेलायती महारानी एलिजावेथ द्वितियको हस्तबाहुलीबाट ‘भिक्टोरिया क्रस’ पदक पाएका थिए ।

IMG-9958

IMG-9961

IMG-9959

IMG-9960