धरान - राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा भईरहेको आन्दोलनको समर्थन पनि धर्ना कार्यक्रम गरिएको छ ।
आईतबार दिउँसो धरानको भानुचोकमा प्रदर्शन गरिएको हो । काठमाडौंमा पुनको आन्दोलनमा सहभागी भएर आएका धरानका अभियन्ता सुमन श्रेष्ठको संयोजकत्वमा भएको प्रदर्शनमा धरानका विभिन्न कलेका विद्यार्थीहरु र विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी थिए ।
पुनले अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने वातावरण बनाउनु पर्ने, अनुसन्धान कोषको स्थापना गर्नु पर्ने, खरिद नियमवाली छुट्टै बनाउनु पर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका छन् । नेपालमै खोज तथा अनुसन्धान आबिष्कार भएका स्रोत साधनलाई नीतिगत रुपमा कार्यान्वयनका लागि स्वत स्फुर्तरुपमा धरानका विभिन्न सघ सस्था लगायत विद्यार्थीहरुको समर्थनमा कार्यक्रम भएको संयोजक सुमन श्रेष्ठले बताए ।
शान्ति पुणर् धर्ना कार्यक्रममा सहभागीले अनुसन्धान र नवप्रवर्तनका लागि हरेक बर्ष संघ र प्रदेश सरकारले १ प्रतिशत रकम छुटायाउनु पर्ने, स्टार्ट अप व्यवसायलाई प्रोत्साहन गर्न कानुन बनाउनु पर्ने माग गरेका छ्न । उनिहरुले नव उद्यमीहरुलाई प्रोत्साहन गर हतोत्साहित नगर, पुरानो गाडीहरुलाई बिद्युतीय गाडी बनाउने र चलाउने अनुमती देउ, यात्री मोटरसाइकललाई तुरुन्त लाईसेन्स र प्लेट दिने व्यवस्था गर’ लगायतका माग गरेका छन् ।
उनिहरुले प्रतिभाशाली सन्ततिलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र अविस्कारलाई सहयोग गर्न सरकारलाई अनुरोध गरेका छ्न । कार्यक्रममा बुद्धिजीवी मनमोहन पलिखेले बिदेशी सामानलाई निरुत्साहित गर्दै नेपालीको मेहनत र परिश्रमलाई स्विकार गरी स्रोत र साधनलाई बजारीकरण गर्न माग गरे । धरान जेसिस अध्यक्ष आशिषराज यादबले पुनको माग पूरा गर्न अनुरोध गरे ।