भद्रपुर । झापाको जलथल जङ्गलमा काठ तस्करहरू रजाइँ बढेको छ । एसियाकै जैविक विविधताले भरिएको जङ्गलले परिचित छ । जलथल जङ्गलकै हल्दिबारी गाउँपालिका – ४ स्थित श्री पाथीभरा कालिका सामुदायिक वन क्षेत्रभित्र तस्करहरूले अवैध रुपमा काटेर राखेको दुई थान सखुवा जातका गोलिया काठ फेला परेपछि काठ तस्करी हुने गरेको पुष्टि भएको छ ।

 फेला परेको गोलिया काठ श्री पाथीभरा कालिका सामुदायिक वनको घाटगद्दिमा ल्याएर राखिएको वन समूहका अध्यक्ष सागर पोर्तेलले जानकारी दिए । वनलाई सबै मिलेर सुरक्षा दिन जरुरी रहेको बताउँदै तस्करहरूलाई वन समूहले मात्र रोक्न नसक्ने अवस्था आउँदा काठ तस्करीका घटना मौलाएको उनले जनाए ।

सामुदायिक उपभोक्ताको नाममा समेत कटान अनुमति भन्दा बढी रुख काट्ने गरेको र वन कर्मचारी, स्थानीय प्रहरी तथा उपभोक्ता समितिको संलग्नतामा तस्करहरूले काठ तस्करी गर्ने हुने गरेको स्थानीयहरुको आरोप छ ।