श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत २१ गते मङ्गलबार, ४ अप्रिल  २०२३, नलनाम संवत्सर । चैत्र शुक्लपक्षको त्रयोदशी ०८ः२३ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पूर्वफाल्गुनी ०८ः५१ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः५१ बजे र सूर्यास्त ०६ः२२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। दिन उत्साहपूर्ण रहला। सुखद् समाचार सुन्न पाइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। काममा मातापिताको सहयोग प्राप्त होला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि–चौपायाबाट लाभ मिल्नेछ। स्थायी सम्पत्ति जोड्ने समय छ। तर, काममा अरूको भर पर्दा धोका हुन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको भरपर्दा काम रोकिन सक्छ। श्रम गरे पनि चिताएको मूल्य प्राप्त नहुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदाको कार्य हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक यात्राको योग रहनेछ। प्रेमसम्बन्धमा सफलता मिल्नुका साथै मिष्ठान्न भोजन प्राप्त हुनेछ ।