श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत १५ गते बुधबार, २९ मार्च  २०२३, नलनाम संवत्सर । चैत्र शुक्लपक्षको अष्टमी तिथि २१ः५६ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र आद्र्रा २०ः२३ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः५९ बजे र सूर्यास्त ०६ः१८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहारसमेत हातलागी हुनसक्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले काम लिँदा चिताएको पूरा हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ। धनलाभका साथै आर्थिक क्रियाकलापमा फाइदा हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटकाबीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। तर, करकापमा परी काम वा निर्णय गर्नुपर्ने परिस्थिति आउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला । धर्मकर्म मा रुचि बढ्नेछ ।