श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत १४ गते मङ्गलबार, २८ मार्च २०२३, नलनाम संवत्सर । चैत्र शुक्लपक्षको सप्तमी तिथि १९ः२३ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र मृगशिरा १७ः५० बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः५९ बजे र सूर्यास्त ०६ः१८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मेहनतले सम्मानित स्थानसमेत दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीमा सुधार हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।अप्ठ्यारो काम थाल्नाले दिनभरि दौडधुप गर्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुनसक्छ। अर्थअभावले सताउने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
टाढाका साथीभाइसँग सम्पर्क भने बढ्नेछ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
करकापमा परी कुनै काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।प्रयत्न गरे आयस्रोत बढाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा खर्चिएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ।