श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत १३ गते सोमबार, २७ मार्च  २०२३, नलनाम संवत्सर । चैत्र शुक्लपक्षको षष्ठी तिथि १७ः५० बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र रोहिणी १५ः४६ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः०० बजे र सूर्यास्त ०६ः१८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धनलाभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी भइएला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि, पशुपालन तथा पेसा–व्यवसायबाट लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ।