श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत १२ गते, आइतबार, २६ मार्च २०२३, नलनाम संवत्सर । चैत्रशुक्ल पक्षको पञ्चमी तिथि १६ः५६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र कृतिका १४ः२१ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः०१ बजे र सूर्यास्त ०६ः१७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ। खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च लागे पनि दिगो काम फेला पर्नेछ। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले सजिलै लक्ष्यप्राप्ति हुनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। थोरै लगानीबाटै मनग्य नाफा उठाउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दैनिक काममा पनि उल्लेख्य प्रगति हुनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार तथा साझेदारीमा लाभ हुनेछ। सामाजिक प्रभाव पनि बढ्नेछ। मिहिनेत गर्दा काममा फाइदा उठाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।