श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत ११ गते शनिबार, २५ मार्च २०२३, नलनाम संवत्सर । चैत्र शुक्लपक्षको चतुर्थी तिथि १६ः४६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र भरणी १३ः३८ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्योदय ०६ः०२ बजे र सूर्यास्त ०६ः१७ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

समय फुर्सदिलो देखिए पनि रचनात्मक काम गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। 


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पु¥याउनु होला। लोकाचारका पछि लाग्दा फाइदा गुम्नेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस् नपुग्नाले केही चुनौती झेल्नुपर्ला।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। 


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ । पुरानो कामको चर्चा हुनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ।