श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत १० गते शुक्रबार, २४ मार्च २०२३, नलनाम संवत्सर । चैत्र शुक्लपक्षको तृतीया तिथि १७ः२१ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र अश्विनी १३ः४० बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः०३ बजे र सूर्यास्त ०६ः१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गोपनीयता भङ्ग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला । समस्या दर्शाउँदा सहयोगीहरूले भने साथ दिनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतीक्षा गरिएको उपलब्धि आंशिक भए पनि प्राप्त हुनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाइको सहयोग जुट्नाले कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्य आम्दानी दिलाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अतिथिका रूपमा मानसम्मान र उपहार प्राप्त हुनेछ। लगनशीलताले विशेष अवसर दिलाउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ। आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयम् कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य काममै अलमल हुनाले मुख्य काम रोकिन सक्छ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पढाइलेखाइमा त्यति समय दिन नसकिएला।