श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत ८ गते बुधबार, २२ मार्च  २०२३, नलनाम संवत्सर । चैत्र शुक्ल पक्षको प्रतिपदा तिथि २०ः३९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तरभाद्र १७ः३९ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः०६ बजे र सूर्यास्त ०६ः१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।  व्यावसायिक कामले खर्च बढाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भैपरी आउने कामले रकम बाहिरिन सक्छ। लगानी रकम उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बसाइमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ।प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले सफलताको उचाइमा पु¥याउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने अवसर छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका कमजोरी बाहिर आउनाले समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आध्यात्मिक चेतनाले धर्म–कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। सोचेको उपलब्धि तत्काल नपाइएला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनु पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक सङ्केत प्राप्त हुनेछ।