श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत ७ गते मङ्गलबार, २१ मार्च २०२३, नलनाम संवत्सर । चैत्र कृष्णपक्षको औंसी तिथि २३ः०९ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वभाद्र १७ः३९ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०६ः०७ बजे र सूर्यास्त ०६ः१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट लाभ हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समाजमा आलोचित बन्नुपर्ला। शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चिताएको काम पूरा नहुन सक्छ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । लगानीमा जोखिम बढ्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहार–विहारमा ध्यान पुर्याउनु होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी कार्यमा अघि नबढ्नु होला।