श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत ६ गते सोमबार, २० मार्च २०२३, नल संवत्सर, चैत्र कृष्णपक्षको चतुर्दशी तिथि भोलि ०२ः०३ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र शतभिषा १९ः५२ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा
राशि कुम्भ, सूर्याेदय ०६ः०८ बजे र सूर्यास्त ०६ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। नाम, दाम र इनाम कमाउने बेला छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ।परिस्थितिवश चिताएको काम रोकिन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न नसकिएला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनु पर्ला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिग्रिएको काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। ईष्र्या गर्नेहरूले सताउने देखिएकाले गोपनीयतामा ध्यान दिनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार–विहारमा ध्यान पुर्याउनु होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पेसा–व्यवसायमा केही चुनौती आउन सक्छन् । गोप्य सूचना बाहिरिनाले काम रोक्नुपर्ने स्थिति आउन सक्छ।