श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल चैत ५ गते आइतबार, १९ मार्च २०२३, नलनाम संवत्सर। चैत्र कृष्णपक्षको द्वादशी तिथि ०८ः२३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र धनिष्ठा २२ः१७ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०६ः०८ बजे र सूर्यास्त ०६ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक दायित्व बढ्नेछ।भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ।समयमा काम पूरा नहुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। जिम्मेवारी बढ्नेछ। मुख्य काममा बाधा हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महŒवपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्नु पर्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पढाइलेखाइमा पनि समय दिन नसकिएला । अरूको भरपर्दा काम रोकिन सक्छ, सजग रहनु होला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अन्य क्षेत्रमा व्यस्त हुँदा काम बन्न समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। गोपनीयता बाहिरिए पनि मिहिनेत गरे केही काम बन्नेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहो¥याएर प्रयत्न गर्नुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पछि फाइदा हुने काम गर्न सकिनेछ।सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ ।