श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन १९ गते शुक्रबार, ३ मार्च  २०२३, नलनाम संवत्सर । फागुन शुक्लपक्षको एकादशी तिथि ०९ः१३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पुनर्वशु १५ः५९ बजेसम्म, उप्रान्त  पुष्य, चन्द्रराशि–कर्कट, सूर्याेदय ०६ः२६ बजे र सूर्यास्त ०६ः०५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन तथा ज्ञानको भण्डार बढ्नेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ज्ञान र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। दिन लाभदायक रहनेछ। आम्दानी बढाउने काम प्रारम्भ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने सफलताले हौसला प्रदान गर्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामको प्रस्ताव आउनेछ । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ । पछिका लागि लगानी बढाउनु पर्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला।