देउराली । हात्तीकाे बथान बस्ती नजिकै आएर बस्न थालेपछि इटहरी उपमहानगरपालिका २ शान्तिनगरका स्थानीय  १३ दिन देखि जागै छन् । धरान– इटहरी विचकाे चार कोसे जङ्गलमा रहेकाे पानीपियाको पुर्व भेगमा दुई वटा छावासहित १४ वटा हात्तीको बथान बस्न थालेपछि शान्तिनगरका बासिन्दाको रातको निन्द्रा हराएको हाे ।

दिनभरि जङ्गलमा बस्ने हात्ती राती परेसँगै बथानै  शान्तिनगर सामुदायिक वनबाट निस्किए बस्ती तर्फ आउन थालेपछि हात्ती धपाउन १३ दिन देखी  जागै बस्ने गरेको स्थानीय रोशन अधिकारी बताउँछन् । 

उनका अनुसार दिनभरि जङ्गल भित्र बसेको हात्ती राती ८ बजेदेखि बिहान ४ बजेसम्म  बाहिर निस्कने भएकाले हात्ती धपाउन जागै बस्नु परेको छ ।

" वनकाे किनारामा उपभोक्ताहरूले बाँस लगाएका छन् । त्यो बाँस खान हात्ती निस्कने गर्छ । बस्ती भित्र पस्ने डरले रात भरी हामी जागै बस्ने गरेका छौँ " अधिकारीले भने " हामीले ठाउँ ठाउँमा आगो बालेर बस्ने गरेका छौँ ।"

उनले दैनिक रूपमा हात्तीले दुःख दिन थालेपछि स्थानीय सरकार, प्रशासन तथा वन कार्यालयलाई पनि जानकारी गराएको भए पनि समस्याको सामान नभएको बताए  । अधिकारीले भने " हात्तीको यत्रो बथान एक ठाउँमा यत्तिको लामो समय  बसको मैले पहिलो पटक  थाहा पाएको हो । अत्यन्तै जोखिम छ । सबैलाई जानकारी गराइसकियो तर समस्या समाधान भएको छैन । "

हात्ती आउन थालेपछि बिजुलीका पोलहरूमा बत्ती लगाको भए पनि हात्तीको जोखिम उस्तै रहको उनले बताए । अधिकारीका अनुसार हात्ती बस्ती नजिकै आउन थालेपछि अँध्यारो रहेका रहेकाे उक्त स्थानका ३० बटा पोलहरूको बत्ती लगाइएको छ भने, स्थानियलाई  १० थान टर्च समेत उपलब्ध गराइको छ । 

उपमहानगरबाट नगर प्रमुख हेमकर्ण पाैडेल तथा इलाका प्रहरी कार्यालयका डिएसपीले उक्त स्थान बस्तुगत निरिक्षण गरेपनि हात्तीलाई त्यहाँबाट अन्यत्र सार्ने वा अन्य कुनै कुनै रूपमा समस्या समाधान नहुँदा  बिहान कलेज जाने विद्यार्थी र घाँस दाउरामा जानेहरू अत्यन्तै जोखिममा रहेको अधिकारीले बताए । 

 नगर प्रमुख पौडेलले भने हात्ती नियन्त्रणमा लिन कोसी टप्पु वन्यजन्तु आरक्षणलाई पत्राचार  गर्नुका साथै हात्तीका कारण तत्काल क्षति हुन नदिन सुरक्षा निकायसँग  उचित सुरक्षाको प्रवध्न गर्न आग्रह समेत गरिसको बताए ।