देउराली ।  भोजपुरको पहिलो चिया उद्योग गरस चिया उद्योगद्वारा सरस्वती पूजाको अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहित न्यानो कपडा वितरण गरेको छ । 

जिल्लाको ट्याम्केमयूङ गाउँपालिका ३ मा रहेको उद्योगले सोही वडा स्थित अन्नपूर्ण रहेको श्री बागधन  रणदिप माविका कक्षा शिशु देखि कक्षा ५ सम्मका ५२ जना विद्यार्थीहरूलाई न्यानो कपडा कापी र पेन्सिल वितरण गरेको उद्योगका सञ्चालक रञ्जित गिरीले बताए । 

गिरीका अनुसार करिब २२ हजार मूल्य बराबरको उक्त सामग्री एक कार्यक्रमको आयोजना गरी  उनका बुबा  सहरमान गिरीको हातबाट वितरण गरिएको थियो । 

गाउँपालिका अध्यक्ष पूर्व अध्यक्ष तथा वडा अध्यक्षका साथै  स्कुलका प्रधान अध्यापक समेतको उपस्थितमा भएको वितरण कार्यक्रममा उद्योग नाफा मुखी व्यवसाय भए पनि सामाजिक उत्तरदायित्व निभाउन कुनै कसर नछाड्ने सञ्चालक गिरीले बताए । उनले बालबालिका भोलिको देशको भविष्य रहेकाले उनीहरूको शैक्षिक विकासका लागी उद्योगले अगामी दिनमा  छात्रवृत्ति पनि प्रदान गर्ने बताए ।